FAQs Complain Problems

पञ्जिकरण(जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ)

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क(३५ दिन भन्दा बढी भएमा रु ५० मात्र)
आवश्यक कागजातहरु: 

१. जन्म दर्ता ( बुवा आमाको नागरिकता , स्वास्थ्य संस्थाबाट प्राप्त जन्मको प्रमाण र दुई प्रति फोटो)

२्. मृत्यु दर्ता( मृतकको नागरिकता, सम्बन्धित ब्यक्तीको नागरिकता, मृतक सँगको नाता प्रमाणीत हुने कागजात )

३. विवाह दर्ता ( दुलाह र दुलहीको नागरिकता, दुलहीको आमा वा बुवाको नागरिकता, दुलाह र दुलहीको फोटो)

४. बसाई सराई दर्ता(बसाई सरि जाने ब्यक्तीहरुको नागरिकता वा जन्मदर्ता, दर्ता गराउने ब्यक्तीको नागरिकताको प्रतिलिपी, बसाई सरि जाने ब्यक्तीहरुमध्य एकजना उपस्थित हुनुपर्ने, आउनेको हकमा बसाई सरि आएको प्रमाण)

५. सम्बन्ध विच्छेद(अदालतबाट सम्बन्ध विच्छेद गरेको कागजातको प्रमाणीत प्रतिलिपी, पति पत्नीको नागरिकताको प्रतिलिपी, केटाको स्थाई ठेगाना सम्बन्धीत वडाको हुनुपर्ने)