FAQs Complain Problems

स्वामीकार्तिक खापर गाउँपाालिकाकाे कार्यालय ।

Read More

स्वामीकार्तिक खापर गाउँपालिकाद्वारा संचालित एम्बुलेन्स ।

Read More

गाउँपालिका सहित कर्णाली नदी

Read More

स्वामीकार्तिक खापर गाउँपालिकाका नव निर्वाचित पदाधिकारी ज्यूहरु ।

Read More

स्वामीकार्तिक खापर गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेसन

Read More

स्वामीकार्तिक खापर गाउँपालिकामा तपाईलाई स्वागत छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाकाे एक संक्षिप्त परिचय

नेपालकाे सुदुरपश्चिम क्षेत्रमा स्थित बाजुरा जिल्लाकाे बिकट तर सुन्दर सम्भावना बाेकेकाे स्वामीकार्तिक खापर गाउँपालिकाकाे पुर्वमा कालिकाेट र मुगु जिल्ला, पश्चिममा जग्गनाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका र दक्षिणमा कालिकाेट जिल्ला संग सिमाना जाेडिएकाे छ। ११०.५० बर्ग कि.मी. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिकामा २४ सय ४२ घरधुरीका १४,९०९ व्यक्तिहरु बसाेबास गर्दछन् । स्वामीकार्तिक खापर गाउँपालिकामा कुल ५ वटा वडा रहेका छन् । यस गाउँपालिकाकाे कार्यालय वाईकाे सुईजिउलामा अवस्थित छ ।  ४२.४२ प्रतिशत क्षेत्री, ८.०८ प्रतिशत बाहुन, १५.५६ प्रतिशत ठकुरी, ३०.१३ प्रतिशत दलित र ३.८० प्रतिशत सन्यासी/दशनामी समुदायकाे बसाेबास रहेकाे याे गाउँपालिका साविककाे साप्पाटा बस्ती लाैठी, उपरगाउँ देखि साविककाे वाई गाविसकाे मिगु बस्ती समेत पर्दछ ।  प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । । जस्तैः दशैं, तिहार,होली, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि,चाैदसी यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउँपालिकामा ३ वटा स्वास्थ्य चाैकी, ६ वटा माध्यामिक विद्यालय, २० वटा आधारभुत विद्यालय, २४ वटा बालविकास केन्द्र र २ वटा निजी विद्यालय रहेका छन् ।

 

 

‍.

जन प्रतिनिधि

अध्यक्ष

९८४९२६८९९७
bharatrokaya2000@gmail.com

उपाध्यक्ष

९८६६६०२७७९

पदाधिकारी

नि.प्रमुख प्रशासकिय अधिकृत
९८४८४३११९०
सूचना तथा संचार प्रविधि अधिकृत
९८४९४८३०२१
ना.सु
९८६५६३६६९९
लेखापाल
९८४८४८०२३९

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- योजना फाँट/ प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस ।

२. उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपी ।

३. लागत इस्टिमेट

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक फाँट/ आर्थिक प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. उपभोक्ता समितिको निर्णय ।

२. स्टमेट अनुसारका बिल भर्पाइ ।

३. सम्झौता पत्रको प्रतिलिपी ।

४. कुल लागतको २०% नघट्ने गरी डोर हाजिरि फारम ।

५. वडा कार्यालयको सिफारिस ।

६. सार्वजनिक परिक्षणको प्रतिलिपी ।

७. प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन ।

८. २ लाख भन्दा माथिको योजना भए स्पष्ट देखीने खालको पारदर्शी बोर्डको फोटो ।

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रशासन फाँट
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-

१. ब्यवसाय दर्ताका लागी निवेदन पत्र ।

२.आफ्नो घर भए चालु आ.व को मालपोत तथा घर जग्गा कर र एकिकृत सम्पती कर तिरेको रशिदको प्रतिलिपी ।

३. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपी ।

४. दुइ प्रति फोटो ।

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- उजुरी प्रशासक
सेवा दिने कार्यालयः- न्यायीक समितिकाे सचिवालय
सेवा शुल्कः- रु‍. १००
आवश्यक कागजातहरुः-

१. मापदण्ड पुर्याइ तथा विवादको सम्पुर्ण विवरण खुलाइृएको उजुरी पत्र ।

२. विवादको विषय संग सम्बन्धीत अन्य आवश्यक कागजातहरु ।

३. उजुरिकर्ताको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क(३५ दिन भन्दा बढी भएमा रु ५० मात्र)
आवश्यक कागजातहरुः-

१. जन्म दर्ता ( बुवा आमाको नागरिकता , स्वास्थ्य संस्थाबाट प्राप्त जन्मको प्रमाण र दुई प्रति फोटो)

२्. मृत्यु दर्ता( मृतकको नागरिकता, सम्बन्धित ब्यक्तीको नागरिकता, मृतक सँगको नाता प्रमाणीत हुने कागजात )

३. विवाह दर्ता ( दुलाह र दुलहीको नागरिकता, दुलहीको आमा वा बुवाको नागरिकता, दुलाह र दुलहीको फोटो)

४. बसाई सराई दर्ता(बसाई सरि जाने ब्यक्तीहरुको नागरिकता वा जन्मदर्ता, दर्ता गराउने ब्यक्तीको नागरिकताको प्रतिलिपी, बसाई सरि जाने ब्यक्तीहरुमध्य एकजना उपस्थित हुनुपर्ने, आउनेको हकमा बसाई सरि आएको प्रमाण)

५. सम्बन्ध विच्छेद(अदालतबाट सम्बन्ध विच्छेद गरेको कागजातको प्रमाणीत प्रतिलिपी, पति पत्नीको नागरिकताको प्रतिलिपी, केटाको स्थाई ठेगाना सम्बन्धीत वडाको हुनुपर्ने)

जानकारी

Pages